असन-इन्द्रचोकमा दुई जना भरिया मजदुरको मृत्यु

जनता संवाददाता
२०८० कार्तिक ३ गते, शुक्रबार

काठमाडौँ । असन इन्द्रचोक क्षेत्रमा भारी बोकेर गुजारा गर्दै आएका दुई जनाको मृत्यु भएको छ । प्रहरीले मासङ गल्ली र असनमा बिरामी अवस्थामा भेटिएका भरिया मजदुरलाई अस्पतालमा पठाएको थियो । वीर अस्पतालमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

मृत्यु हुनेमा दोलखाको कालिन्चोक घर भएका ५४ वर्षीय पूर्णबहादुर थामी छन् । अन्दाजी ३५ वर्ष जतिका अर्का मृतकको भने पहिचान खुलेको छैन । ती भरिया मजदुर सार्वजनिक स्थानमै बस्ने गरेका थिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते, शुक्रबार


Scroll to Top

Janata Media