दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

जनता संवाददाता
२०८२ आश्विन २१ गते, मंगलवार

दाङ । दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका –१ निवासी ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या आरोपमा उहाँका ६२ वर्षीया श्रीमती छायादेवी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार श्रीमान–श्रीमतीबिच आपसी विवाद हुँदा छायादेवीले टर्च लाइटले श्रीमानको टाउकोमा प्रहार गरेकी थिइन्। प्रहारबाट ढालबहादुरको टाउको फुटेर अत्यधिक रक्तस्राव भएको र सोही कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा पक्राउ परेकी छायादेवीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ आश्विन २१ गते, मंगलवार


Scroll to Top

Janata Media