काठमाडौँ । गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ ।
मन्त्रालययका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरु उपचारपछि घर फर्कन थालेका बताए ।
प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ । जाजरकोटमा ७२ महिला र ३३ पुरुष गरी एक सय पाँच तथा रुकुम पश्चिममा २७ महिला र २५ पुरुष गरी ५२ जना रहेका छन् ।
भैँचालोमा घाइते दुई सय ५६ मध्ये एक सय ४६ जना उपचारपछि घर फर्किएका छन्भने एक सय १० जना उपचाररत छन् ।
यसैबीच, प्रहरी प्रधानकार्यालयले जाजरकोट भूकम्पमा अहिलेसम्म नौ सय १० वटा घरमा पूर्ण क्षति भएको छभने दुई हजार आठ सय ६१ घरमा आंशिक क्षति भएको छ ।
यो पनि पढ्नुहोस्:
जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या १५७ पुग्यो
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट १ सय ५७ जनाको मृत्यु
सरकारले जाजरकोट र रुकुम पश्चिममा तत्काल पाँच/पाँच करोड पठाउने
जाजरकोट भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या १२८, १४१ जना घाइते
जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु
जाजरकोट भूकम्प: नगर उप-प्रमुखसहित मृत्यु हुनेको संख्या ७१ पुग्यो
जाजरकोटमा मात्रै भूकम्पबाट ३७ जनाको मृत्यु
जाजरकोट भुकम्प: १८ जनाको मृत्यु







