इलाम । इलाममा १ जना पुरुष गोली लागेको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको फाकफोकथुम गाउँपालिका–७ का ५५ वर्षीय मनबहादुर लिम्बू गोली लागेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार फाकफोकथुम–७ मा दौलत लिम्बूको घरको पश्चिमतिर लिम्बूको शव भेटिएको हो । भरुवा बन्दुकको गोली छातीमा लागे जस्तो देखिने लिम्बूको हातमा पनि चोट रहेको पाइएको प्रहरी नायव निरीक्षक (सई) प्रकाश जबेगूले बताए ।
लिम्बूको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सन्दर्भमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।







