साताको पहिलो दिन नै शेयर बजार राताम्मे

जनता संवाददाता
२०८१ भाद्र ३० गते, आईतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्सेमा ५३ दशमलव ०६ अंकको गिवरावट आएको हो । कुल १ दशमलव ९७ प्रतिशतले बजारमा गिरावट आउँदा शेयर बजार २ हजार ६ सय ३५ बिन्दुमा अड्किएको नेप्सेले जनाएको छ ।आज कारोबारमा आएकामध्ये २२ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने २२२ कम्पनीको शेयरमा गिरावट भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज हिमालयन हाइड्रोपावर कम्पनी, रावा इनर्जी डेभलवमेन्ट लिमिटेड, एस्ट्रन हाइड्रोपावर लिमिटेड, रिभर फल्स पावर लिमिटेड लगायतका कम्पनीका लगानीकर्ताहरुले धेरै आर्जन गर्न सफल भएका छन् । यता थ्री स्टार हाइड्रोपावर लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, सीईडीसी डेभलवमेन्ट लगायत कम्पनीका लगानीकर्ताहरुले धेरै गुमाएका छन् ।

पछिल्ला दिनहरुमा शेयर बजारमा उतारचढाव देखिएको छ । त्यसो त अघिल्लो साता निरन्तर घटेको शेयर बजार अन्तिम कारोबार दिन बिहीबार भने सुधार देखिएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र ३० गते, आईतवार


Scroll to Top

Janata Media