दुर्घटनामा दम्पतीको मृत्यु

जनता संवाददाता
२०८१ मंसिर १० गते, सोमबार

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका –१७ बालग्राम चोकमा भएको सवारीसाधन दुर्घटनामा आज एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका –३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती ३२ वर्षीया टीका गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई पहिचान नभएको सवारीसाधनले ठक्कर दिँदा दुवै जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १० गते, सोमबार


Scroll to Top

Janata Media