चट्याङ लागेर दुई जनाको मृत्यु

जनता संवाददाता
२०८१ आश्विन ९ गते, बुधबार

काठमाडौं । चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान चट्याङ लागेर लालझाडी गाउँपालिकाका–१ नौरङ्गाकी २८ वर्षीया हीरामति राना र दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यमबहादुर सुनारको ज्यान गएको हो ।

चट्याङ लागेर अचेत सुनारको दोधारा चाँदनी अस्पतालमा र गम्भीर घाइते रानाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए ।

रानालाई खेतबारीमा काम गर्ने क्रममा र गुटिलको रुखमुनि ओत लागेको बेला सुनारलाई चट्याङ लागेको जनाइएको छ । चट्याङबाट ३६ वर्षीय जगते सुनार घाइते भएका छन् । घाइतेको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ आश्विन ९ गते, बुधबार


Scroll to Top

Janata Media