एक हप्ताभित्र तलब नपाए टुकुचामा गाडिदिने बालेनको धम्की

जनता संवाददाता
२०८१ चैत्र १२ गते, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरका सरसफाइ कर्मचारीले एक हप्ताभित्र तलब नपाए ’सबैलाई टुकुचामा गाडिदिनेझ धम्की दिएका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै सो धम्की दिएका हुन् ।

सरकारको दम्भका कारण सरसफाइ कर्मचारीले तीन महिनादेखि तलव खान नपाएको बालेनको आरोप छ ।

उनले लेखेका छन्, “काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले !

को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !
त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!”

प्रमुख प्रशासकीय अधिकृतको विवादले महानगरपालिकामा कर्मचारीको तलब रोकिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते, मंगलवार


Scroll to Top

Janata Media