घाँटीमा मासु अड्केर एकको मृत्यु

जनता संवाददाता
२०८१ चैत्र २३ गते, शनिबार

काठमाडौं । घाँटीमा मासु अड्केर बेहोस भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्बरबहादुर कुँवरको उपचारको क्रममा वयलपाटा अस्पतालमा मृत्यु भएको हो ।

गाउँमै काटेको खसीको मासु घरमा ल्याएर पकाएर खाने क्रममा शनिबा करिब ११ बजेतिर घाँटीमा मासु अड्केर बेहोस भएका बताइएको छ ।

मासु अड्केर बेहोस भएलगत्तै उपचारका लागि वयलपाटा अस्पतालमा लैजादा उपचारको क्रममा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

घटनाको बारेमा थप जानकारीका लागि प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वको एक टोली खटाइएको बताइएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र २३ गते, शनिबार


Scroll to Top

Janata Media