काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा

जनता संवाददाता
२०८१ चैत्र २७ गते, बुधबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको बताएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले काठमाडौँ उपत्यकाको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल क्षेत्र र ललितपुरको फुलचोकी आसपासको क्षेत्रमा वर्षा भइरहेको छ ।

यसैगरी, कोशी प्रदेशको झापा, सुनसरी, सोलुखुम्बु क्षेत्रमा वर्षा भइरहेको छ ।

उनका अनुसार खासगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको लमजुङ क्षेत्रमा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

उनले यो वर्षा केही बेरमा रोकिने सम्भावना रहे पनि बिहीबार र शुक्रबारसम्म नै वर्षाको सम्भावना रहेको जानकारी दिए ।

उनले भने, “यो वर्षा एकछिन रोकिए पनि राति र बिहीबार पनि पानी पर्ने सम्भावना छ । मौसम बदली भइरहने तर वर्षा पनि भइरहने सम्भावना छ ।”

 

प्रकाशित मिति : २०८१ चैत्र २७ गते, बुधबार


Scroll to Top

Janata Media