जोशी धामीको अध्यक्षतामा नेकपा एस हुम्लाको ५५ सदस्यीय कमिटी सर्वसम्मत

जनता संवाददाता
२०८२ जेष्ठ ४ गते, आईतवार

हुम्ला । नेकपा एकिकृत समाजवादी, हुम्लाको १० औँ जिल्ला अधिवेशनले जोशी धामीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको छ । हिजोदेखि सुरु भएको अधिवेशनमा आजको बन्द सत्रले जोशीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

अधिवेशनले उपाध्यक्षमा कर सिरा र कृष्ण बोगटी, सचिवमा सुवास रोकाया, उपसचिवमा पुन्न बुढा, नवराज कार्की र जन टमटा सर्वसम्मत निर्वाचित भएको नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्य हस्तबहादुर शाहीले जानकारी दिए ।

अन्य ४८ सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएको पोलिटब्यूरो सदस्य शाहीले बताए ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते, आईतवार


Scroll to Top

Janata Media