डोल्पामा यार्सा संकलन गर्ने समूहबिच झडप, प्रहरीद्धारा दुई राउण्ड हवाई फायर

जनता संवाददाता
२०८२ जेष्ठ ११ गते, आईतवार

काठमाडौँ । डोल्पामा यार्सा संकलन गर्न गएका दुई समूहबिच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। शनिबार दिउँसो डोल्पा जिल्ला ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका दुई समूहबिच झडप भएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबिच यार्सागुम्बा संकलनमा सीमा ईलाकाको विषयमा विवाद भएको हो।

दुई समूहका स्थानीय सयौं जनामा झडप सुरु भएपछि प्रहरीले स्थिति नियन्त्रणाम लिन हवाई फायर गरेको उनको भनाइ छ।

स्थितिलाई नियन्त्रणमा लिनको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सुरक्षाफौजले एसएलआर बाट २ राउण्ड हवाई फायर गरेको उहाँको भनाइ छ। अहिले त्यहाँको अवस्था सामान्य रहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते, आईतवार


Scroll to Top

Janata Media