भेप प्रकरणः लोकजङ्ग शाही भन्छन्- फरार भएको होईन्, पहिलो बयान दिईसकें

जनता संवाददाता
२०८२ भाद्र २० गते, शुक्रबार

काठमाडौँ । भेप प्रकरणमा डिभिजन वन कार्यालय, हुम्लाका निमित्त डिभिजनल वन अधिकृत लोकजङ्ग शाहीले आफुले पहिलो चरणको बयान दिएको बताएका छन् । राजस्व अनुसन्धान कार्यालय, कोहलपुर गरिरहेको अनुसन्धानका क्रममा नि.प्रमुख शाहीसहित सम्बन्धित कर्मचारीहरु कोहलपुर गएर बयान दिएका हुन् ।

राजस्व अनुसन्धान कार्यालय, कोहलपुरका अनुसन्धान अधिकृत उमेश रिमालका अनुसार आफुले अनुसन्धान गरिरहेको र पहिलो चरणमा नि.प्रमुख शाहीसहित सम्बन्धित कर्मचारीहरुको बयान लिएको र आवश्यक परे जुनसुकै समयमा पनि बयान लिईनेछ ।

‘हामीले डिभिजन वन कार्यालय, हुम्लामा उपस्थित हुन पत्र पठाएका थियौँ । उहाँहरु आएर बयान दिएर गईसक्नुभयो । आवश्यक परेका बेला उपस्थित हुने सर्तमा फिर्ता पठाएका छौँ । अनुसन्धानकै क्रममै छौँ ।’ जनता मिडियासँग उनले भने ।

उता नि. डिभिजनल प्रमुख शाहीले पनि आफुसहित कर्मचारीहरु कोहलपुर गएर बयान दिएको र आवश्यक परे जुनसुकै समयमा पनि अनुसन्धानलाई सघाउन तयार भएको बताए । ‘म फरार भएको भ्रम फैलाइयो । तर म अनुसन्धानलाई सघाउन गएको थिएं । अनुसन्भान टुङ्गोमा नपुगुन्जेल सघाउँछु । निष्पक्ष छानविन हुनुपर्छ भन्ने धारणा मेरो पनि हो ।’ जनता मिडियासँग उनले भने ।

गएको भदौ ७ गते दैलेखको आठबीसकोट नगरपालिका वडा नं ६ मा पर्ने खिड्कीजिउला भन्ने ठाउँमा राति सवा ११ बजे ट्रकलाई नियन्त्रणमा लिएर कोहलपुरमा रहेको राजस्व अनुसन्धान कार्यालयले विद्येतिय चुरोट(भेप) बरामद गरेको थियो ।

यो पनि पढ्नुहोस्ः

जडीबुटीको नाममा भेप तस्करी ! वन कार्यालयको संलग्नतासहित १२ करोडको पर्दाफास

भेप तस्करीमा नि. डिभिजनल अधिकृत लोकजंग शाहीको भूमिका कसरी शंकास्पद ?

प्रकाशित मिति : २०८२ भाद्र २० गते, शुक्रबार


Scroll to Top

Janata Media