वर्षा गराउने मौसम प्रणाली नेपालबाट बाहिरियो

जनता संवाददाता
२०८२ आश्विन १९ गते, आईतवार

काठमाडौँ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको छ।

जल तथा मौसम विज्ञान विभागले विज्ञप्ति जारी गर्दै वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर हुँदै गएको जनाएको छ।

वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भएर मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेकाले हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको विभागका प्रवक्ता विभूति पोखरेलले जानकारी दिए ।

वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा तथा एसएमएस लगायतका माध्यमबाट सम्प्रेषण अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैलाई विभागले अनुरोध गरेको छ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टामा १८६ वटा केन्द्रमा वर्षा भएको छ।

विभागका अनुसार तीन वटा प्रदेशका बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीमा जलसतहले सतर्कता तह पार गरेकोमा अहिले घट्दो क्रममा छ।

आइतबार सप्तकोशी नदीले खतरा तह पार गरेको छ। सप्तकोशीका सहायक नदी तमोर, सुनकोशी र अरुण नदीमा खतरा तह पार भई हाल घट्दो क्रममा रहेको विभागले जनाएको छ।

त्यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलिया, विरिङ लगायतका चुरे महाभारत उद्गम भई बहने नदीमा समेत खतरा तह पार भइ हाल घट्दो क्रममा रहेको विभागले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८२ आश्विन १९ गते, आईतवार


Scroll to Top

Janata Media