७ लाख नयाँ सदस्य थप्न कांग्रेसले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने

चक्र दानी
२०८० श्रावण २ गते, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।

पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने बताएका हुन् ।

महामन्त्री थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।

प्रकाशित मिति : २०८० श्रावण २ गते, मंगलवार


Scroll to Top

Janata Media