अरिङ्गालले टोकेर एकको ज्यान गयो

जनता संवाददाता
२०८० आश्विन ४ गते, बिहीबार

काठमाडौँ । जिल्लाको कुशे गाउँपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –८ जिन्तालाकी ६३ बर्षीया कालिकादेवी सिंहको ज्यान गएको हो ।

वडाध्यक्ष डिल्लीबहादुर सिंहले बाख्रा चराउन गोठालो गएका बेला कालो अरिङ्गालले टोकेर ज्यान गएका जानकारी दिए । मृतक सिंहलाई उपचारका लागि घरङगा स्वास्थ्य चौकीमा लिइएको र त्यहाँ उपचार हुन नसकेपछि उपचारका लागि जिल्ला अस्पताल लग्नेक्रममा दम्दालामा निधन भएको वडा अध्यक्ष सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २०८० आश्विन ४ गते, बिहीबार


Scroll to Top

Janata Media