लोसपाले बनायो, चुनावी तालमेलका लागि एमालेसँग वार्ता गर्न समिति

जनता संवाददाता
२०७९ आश्विन ७ गते, शुक्रबार

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले लगायतका दलसँग चुनावी तालमेलबारे छलफल गर्न समिति बनाएको छ । राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।

यो समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७९ आश्विन ७ गते, शुक्रबार


Scroll to Top

Janata Media