कर्णाली सरकारले पहिरोमा मृत्यु भएकाको परिवारलाई जनही २५ हजार दिने

जनता संवाददाता
२०७९ कार्तिक २ गते, बुधबार

काठमाडौँ । कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा परी मृत्यु भएकाहरूका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ ।

असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट मृत्यु भएकाहरूका परिवारलाई तत्कालका लागि किरिया खर्चबापतको रकम उपलब्ध गराइने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए । उनका अनुसार पहिरोबाट ज्यान गुमाउने प्रदेशभरका सबै मृतकका परिवारलाई किरिया खर्च बापत रकम दिइनेछ ।

कर्णाली प्रदेश प्रहरीका अनुसार पहिरोमा परी कर्णालीमा ३७ जनाको मृत्यु भएको छ । अझै १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । प्रदेश सरकारकै सहयोगमा पहिरोबाट घाइते भएकाहरूको उद्धार र राहत सहयोग गर्ने कार्य पनि भइरहेको मुख्यमन्त्री शाहीले बताए ।

उनले पहिरोबाट सडकमा पुगेको क्षतिको सरकारले मर्मतका लागि बजेटको व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाए ।

 

प्रकाशित मिति : २०७९ कार्तिक २ गते, बुधबार


Scroll to Top

Janata Media