कविता : फूल सधैं यस्तो सोच्दो हो – रेशम अशोक

जनता संवाददाता
२०७९ माघ २४ गते, मंगलवार

कविता  : फूल सधैं यस्तो सोच्दो हो

बिहानी किरणसंगै  फक्रीएको को फूल यस्तै सोच्दो हो ।
संगै हुर्केको काँडा र म बिच कत्ती फरक
माया देखि प्रीतिसम्म
जन्म देखि मृत्युसम्म
दशै देखि लोसारसम्म
मस्जिद देखि बिहारसम्म

फूल यस्तै सोच्दो हो
कहिले स्वागतका  निम्ति चुडिए
कहिले बिदाईका निम्ति चुडिए
कहिले प्रेममा चुडिए
कहिले बिछाेडमा कुल्चिए
तर आज सम्म म मेरा लागि कहिले चुड्न पाएको छैन ।

प्रेमको प्रतिक मानिएको फुलसंग प्रेम गर्न कहिले नजानेको मनुष्य फूलको कोपिला
पत्थर अगाडि चढाइ पुन्य कमाउदै छ ।
तिम्रो लोकमा त फूल पुन्य र पापमा जोखिने रैछु ।

बर्सेनि फूललाइ बचाउन खोज्दा खोज्दै थाकेको काडाबारे
फुल यस्तो पनि सोच्दो हो
मेरो जिवनमा काडा नभएको भए मेरो के अर्थ
मलाई निमोठ्न खोज्दा
काडाले घोचिन्दिन्छ
र पो म बाचेको छु

काडा नहुने फुलको के अर्थ,
फुल नहुने काडाको के अर्थ
काडा र फूलबिच प्रेम छ, फुल फक्ररिएको छ
फुल काडा बन्न कहिले खोजेन र काडा फुल बन्न
तेसैले त यो संसार फुल जस्तै सुन्दर छ ।

 

✍️रेशम अधिकारी 

प्रकाशित मिति : २०७९ माघ २४ गते, मंगलवार


Scroll to Top

Janata Media