प्रहरी सहायक निरीक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा

जनता संवाददाता
२०८१ चैत्र १७ गते, आईतवार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, सिन्धुली सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार गिरी भनिने कुमार गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार गिरीले मिति २०५७ फागुन ११ गते नेपाल प्रहरी सेवामा भर्ना हुँदा बिहार संस्कृत शिक्षा बोर्ड पाटनबाट जारी भएको मध्यमा तह ९एसएलसी० को झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।

उक्त समय नेपाल प्रहरी सेवामा प्रहरी जवान पदमा भर्ना भइ हाल पदोन्नतिसमेत भई प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा सिन्धुलीको इन्चार्जको रूपमा कार्यरत रहेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुरमा सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते, आईतवार


Scroll to Top

Janata Media