धनकुटामा पिकअप दुर्घटना : घाइतेको सङ्ख्या २१ पुग्यो

जनता संवाददाता
२०८२ श्रावण २५ गते, आईतवार

काठमाडौं । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को.२ च.२३०९ नम्बरको पिकअप बिहान करिब साढे १० बजे दुर्घटना भएको हो ।

घाइते हुनेहरुमा ८ बस्ने १४ वर्षीया सविना डंगोले ६४ वर्षीया चन्द्र भक्त डंगोल, टेकनाला बस्ने ३५ वर्षीया हरी बहादुर डंगोल, धनकुटा नगरपालिका–७, बस्ने ६२ वर्षीया गुण राज श्रेष्ठ, धनकुटा नगरपालिका-८ बस्ने ७२ वर्षीया मोहन डंगोल, सोही स्थान वस्ने ४५ वर्षीया रेणुका राई, धनकुटा-७ बस्ने २७ वर्षीया राम श्रेष्ठ र ३८ वर्षीया जित बहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीले जानकारी दिए ।

यस्तै साधुरीगढी गाउँपालिका–१, बस्ने १६ वर्षीया निशु लिम्बु, धनकुटा-८, बस्ने १५ वर्षीया रिमा डंगोल, धनकुटा-७ बस्ने २२ वर्षीया राजन राई, सहीदभुमी गाउँपालिका ४ बस्ने २४ वर्षीया अतिस राई, छथरजोरपाटी गाउँपालिका–६ बस्ने २४ वर्षीया प्रकाश श्रेष्ठ, धनकुटा-८ बस्ने १८ वर्षीया रोजिन डंगोल, धनकुटा मुलघट बस्ने १२ वर्षीया रोनिया श्रेष्ठ, धनपकुटा-८ बस्ने ५६ वर्षीया रमेश कर्मचार्य, छथरजोरपाटी गाउँपालिका-६ सिधुवा बस्ने १६ वर्षीया शिव श्रेष्ठ, धनकुटा-८ बस्ने १४ वर्षीया सविना डंगोल, धनकुटा मुलघाट बस्ने १५ वर्षीया रोनिता श्रेष्ठ, धनकुटा-८ बस्ने १७ वर्षीया रिमा डंगोल र सोही ठाउँ बस्ने १३ वर्षीया रितेश डंगोल रहेका छन् ।

घाइते हुनेहरुलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उहाँहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको क्षेत्रीले जानकारी र्दिए।

घाइते हुनेहरुमध्ये तीनको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई थप उपचारका लागि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ। उनका अनुसार दुर्घटनाको कारण भने खुल्न बाकी रहेको र थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ श्रावण २५ गते, आईतवार


Scroll to Top

Janata Media