प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकारमा डा. खतिवडा

जनता संवाददाता
२०८१ श्रावण ४ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडा नियुक्त भएका छन् ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार रहेका थिए । त्यस्तै डा. खतिवडा यसअघि २०७४ सालमा ओली प्रधानमन्त्री भएका बेला अर्थमन्त्री बनेका थिए ।

 

प्रकाशित मिति : २०८१ श्रावण ४ गते, शुक्रबार


Scroll to Top

Janata Media