हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले आर्थिक वर्ष २०८२।०८३ का लागि अनुमानीत बजेट पेस गरेसँगै गाउँसभा सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८२।०८३ का लागि रु. ३४ करोड ३७ लाख ९९ हजार ७ सय २३ बराबरको बजेट विनियोजित गरिएको छ । जसमा चालु तर्फ २२ करोड १५ लाख ९५ हजार ७ सय २३ रुपैया र १२ करोड २२ लाख ४ हजार ४ रुपैया विनियोजन गरिएको छ ।
आर्थिक विकास तर्फ ३ करोड ८ लाख ७ सय २३ रुपैया, सामाजिक विकास तर्फ ३ करोड ५० लाख ९९ हजार, पूर्वाधार विकास तर्फ ६ करोड ९० लाख, वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५ करोड २० लाख, सुशासन तथा संस्थागत विकास तर्फ १५ करोड ६९ लाख रुपैया विनियोजन गरिएको छ ।







