अभिनेता केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

जनता संवाददाता
२०८० आश्विन १४ गते, आईतवार

काठमाडौँ । अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले अभिनेता केसीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो। पक्राउ गरेको दिनबाट आईतवार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो।

अनमोललाई पुन सोमबार अदालतमा उपस्थित गराउनुपर्छ। रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीबिरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए।

प्रकाशित मिति : २०८० आश्विन १४ गते, आईतवार


Scroll to Top

Janata Media