इरानलाई नेपालको ३५४ रनको विशाल चुनौती, कप्तान देवको विश्व रेकर्ड

जनता संवाददाता
२०८० आश्विन २५ गते, बिहीबार

काठमाडौँ । एसिसी यू–१९ प्रिमियर कपमा नेपालले इरानलाई ३ सय ५४ रनको लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले ४०।१ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रन बनायो ।

नेपालका लागि कप्तान देव खनालले शतकीय इनिङ खेले । ६० बलको सामना गरेका उनले १२ चौका र ४ छक्कासहित १ सय रन बनाए । देवले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए ।

यस्तै, विकेटकिपर दीपकप्रसाद डुम्रेले ४४ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६९ रन बनाए । ओपनिङ ब्याटर दीपक बोहराले ५९ बलमा ५ चौका र २ छक्कासहित ६५ रनको पारी खेले । हेमन्त धामी २३, दीपेश कँडेल २९ र आकाश चन्द १९ रनमा आउट भए । सुवास भण्डारी १८ रनमा अविजित रहे ।

अर्जुन कुमाल (शून्य), आकाश त्रिपाठी (३), दिपक बोहरा (१) र मिलन बोहरा (शून्य) ले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । इरानका लागि सलमान नियाजमान्द र दद्रहमान राईसीले सर्वाधिक तीनरतीन विकेट लिए ।

कप्तान देवको विश्व रेकर्ड

नेपाली यू–१९ क्रिकेट टिमका कप्तान देव खनालले इतिहास रचेका छन् । उनले नेपालबाट यू–१९ अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा दुई शतक बनाउने पहिलो ब्याटर बन्दै इतिहास रचेका हुन् । देवले बिहीबार एसिसी यू–१९ प्रिमियर कप क्रिकेटमा इरानविरुद्ध १ सय रनको इनिङ खेलेसँगै यो उपलब्धि हासिल गरे ।

प्रकाशित मिति : २०८० आश्विन २५ गते, बिहीबार


Scroll to Top

Janata Media