एमाले केन्द्रीय सल्लाहकार सदस्य रामबहादुर दानीको असामयिक निधन

जनता संवाददाता
२०७९ आश्विन ११ गते, मंगलवार

काठमाडौं । नेकपा एमाले अदानचुली गाउँपालिकाका संस्थापक तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामबहादुर दानीको आज अवसान भएको छ ।

सादा जीवन उच्च बीचारका धनि पुर्व जिल्ला विकास समिति हुम्लाका सदस्य समेत रहेका दानीको अवसान पनि निकै अपत्यारिलो ढंगबाट भएको छ ।

पार्टीगत जिम्मेवारीका हिसाबले तेस्रो उच्च तहको कमिटि (केन्द्रीय कमिटि) सदस्य हैसियतको जिम्मेवारी भएपनि घरको काम र गाइवस्तुको ग्वालो जान समेत नहिचकिचाउने दानीलाई देहत्याक गर्ने समय पनि ग्वालो गएकै बेला जुर्यो ।

कसरी भयो मृत्यु ?  

हरेक व्यक्ति र गाउँमा नेपालीहरुको महान चार्ड बडा दशैंको रोनक छाएको वेला घरबाट बहिर रहेका आफ्ना सन्तानलाई खुशी दिन र घरको लिपपोतको कामका लागि छोरा बुहारीलाई घरमै छोडेर अदानचुली १ कल्खेको गैरा स्थित घरमा भएका गाईवस्तु चराउन गएका दानीलाई लिन यमराज पनि कुरिरहेका रहेछन् । यदि आज (मंगलबार) उनलाई लिन यमराज कुरेको सुइको समेत पाएको भए सायदै पाँच छोरा ६ बुहारी, एक श्रीमती र दर्जन बढि नाती नातिनीले त्यसरी ग्वालो पठाउन मान्ने थिएनन् । तर भाग्यको लेखान्त नै भन्नु पर्छ जीवनको उत्तारार्धमा पार्टी काम नभएको बेला समय बिताउने उत्तम विकल्पका रुपमा गाईवस्तु र बाख्राको ग्वालो लाग्ने दानीका लागि नवरात्र शुरु भएको दोस्रो दिन भौतिक रुपमा प्रलय हुने मौका तय भएको रहेछ ।

बिहानको खाना खाएर सादा झैं गाईवस्तु निकालेर चराउन निस्केका दानी अन्य दिन भन्दा आफू जन्मेको गाउँलाई नियाल्ने गरेर माथिको वन (कसडी खोला) मा लिएर गए । बिहान घरबाट गाईवस्तु लिएदेखि नैं गाउँलाई निकै नियालेर हेरेका दानीले किन आज गाउँलाशई त्यसरी हेरेका छन् भन्ने कुराकानी सँगै ग्वाला गएका उनका भाई जयलाल दानी र रणविरे दानीले खासखुश गरेका थिए ।

‘हामीले त बड्डा (बुढा)लाई गाउँको निकै घत लागेछ क्या रे निकै राम्रो गरेर हेरिरहेका छन् भनेर एक आपसमा कुरा गरेउ’ रणविरे दानीले नेपालवोटसँग भने, ‘तर भित्र भित्रै काल (मृत्यु)ले बोलाएको रहेछ क्या हो । उहाँको हिडाई र हेराई निकै असमान्य देखिन्थ्यो ।’

आफूहरु बाख्रा चराउन गएका कारण माथि बाट हेरेर लेक तिर गएको बताएका उनले पछि के भयो भन्ने बारेमा खासै केहि चासो नराखेको उल्लेख गरे । गाईवस्तुलाई सँधै आप्mनै अघि राखेर चराउने दानी बिहान कति वेला कसरी लडे भन्ने बारेमा कसैलाई पत्तो भएन ।

भिरबाट लडेर स्थलगत मृत्यु भएपछि चराउन लिएका गाई वस्तु कार्तिकमा पाकेको बाली गरेको बारीमा छाडा रुपमा गएपछि गाउँभरी दानीले कसरी गाइवस्तु छोडे ? भन्ने प्रश्नले गाउँका सबैको मनमा चिसो पस्यो ।

‘दानीका गोरु (पशुवस्तु) किन यसरी सरु (बाली) खान गए भनेर गाउँका स्थानीयले मुखामुख गर्न शुरु गरेकै बेला घरबाट उहाँको खोजिमा मान्छे निस्की हाले’, एमाले अनदाचुली १ का अध्यक्ष तथा दानीका सहोदर भान्ज दिपक थापा (देउलु)ले भने, ‘मामा (दानी) को खोजिमा जाने बित्तिकै हामीलाई कुनै के घटना घट्यो ? भनेर चिन्ता शुरु भएको थियो, नभन्दै उहाँको दुःखत खबर आयो ।’

यसरी खेलामा भेटिए 

गाईवस्तु बारीमा गएपछि उनकी श्रीमती बिउरा दानीले छिमेकी लिएर खोजिमा जान आग्रह गरिन् । बिहान दानी जहाँ देखिएका थिए त्यहि स्थानमा गएर टोलीले खोज्यो । गाउँ माथिको कसडी खोला भन्ने ठाउँमा उनि लडेको माटो धस्कीएको ठाउँबाट हेर्दै जाँदा खोलामा लम्पसार परेका दानीको इहलिला अघि नैं समाप्त भएको रहेछ ।

‘भिरमा गाइवस्तु चराइरहेकै बेला लडेका दानीलाई कसैले नदेखेपछि खोलामा परेर छटपाएछन्’, खोजिमा गएका प्रत्यक्षदर्शी एकजनाले भने, ‘लड्ने बित्तिकै कसैले देखेको भए सायद उहाँलाई जीवित राख्न सकिन्थ्यो कि भन्ने  पिरलो मनमा रह्यो तर उहाँको अन्तिम जीवित श्वाश भेट्ने अवसर कसैले प्राप्त गर्न सकेनौं ।’

खोजिमा गएका ति प्रत्यक्षदर्शीका अनुसार लडेर खोलामा पछारिएपछि दानी यताउता चल्नु भएछ, अन्तमा केहि नलागेपछि टाउँको तल खुट्टा माथि रहेको अवस्थामा श्वाश गएछ ।

सादगी थिए एमाले नेता दानी 
पछिल्लो समय धर्म र सांस्कृतीमा निकै तल्लीन एमाले नेता दानी सादगी जीवनका व्यक्ति थिए । चर्चित तिर्थस्थलको यात्रा पश्चात धुम्रपान मध्यपानबाट निकै टाढा रहेका दानीलाई महाभारत, देवीभागवत लगायतका पुरणमै आधारिक रहेर कथा गर्न खुब मन पर्थ्यो।

‘गाउँमा हुने हरेक सामाजिक काम (भातबाख्रो)मा वात गर्न मन पराउने दानीलाई देवीदेवताका पौराणीक कथा कष्ठस्थ थिए’, दानीसँग संगत गरेका तत्कालिन श्रीनगर गा.वि.स.का पुर्वअध्यक्ष दिपबहादुर महताराले भने, कल्खेजस्तो ठाउँमा समाजका कुरिती, कुसंस्कारका विरुद्ध लाग्ने दानी सामाजिक र धार्मिक कामका लागि निकै सम्झन लायक अविभावक हुन् ।’

नेकपा एमालेको स्थापना भएसँगै एकै राजनीतिक दलमा आवद्ध भएको बताएका पुर्व गा.वि.स. अध्यक्ष महतारा २०४६ पछि गाउँको राजनीतिक घटनाक्रममा आवद्ध भएका दिनहरु सम्झँदै भन्छन्, प’ञ्चालयत कालमा मुख्याली राज, सामन्तवादी सोचको अन्त गर्न, सर्वहारा वर्गका लागि सच्चा अविभावकका रुपमा खडा हुने कल्खे गाउँको खम्बा थिए रामबहादुर दानी, जो आज ढले, यो भन्दा कल्खेका लागि कालो दिन अरु कुनै हुन सक्दैन् ।’
जीवनको अन्तिममा समानुपातिक सांसदमा सिफारिस

जीवनको अधिकांश समय नेकपा एमालेको राजनीतिक गरेका रामबहादुर दानीलाई हुम्ला जिल्ला कमिटिको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपाति तर्फको उम्मेरदवार बनाउने निर्णय गरेको थियो । दुर्भाग्य जिल्ला कमिटि हुम्लाको सिफारिस उनको जीवनको इहलिला सँगै पार्टीले केन्द्रले निर्वाचन आयोगमा सूचि बुझाउने समयसँगै समाप्त भयो ।

एमाले जिल्ला कमिटि स्रोतका अनुसार हुम्लाबाट प्रतिनिधि सभाका लागि समानुपातिकतर्फ हेब्बी ओइट भएका  स्थायी कमिटि सदस्य गोरख बोगटीलाई सिफारिस गर्नु पर्ने भएकाले प्रदेश कमिटि र केन्द्रले दानीको नाम सिफारिस नगरेको हो ।

पार्टीगत जिम्मेवारी प्राप्त गरेपनि राजकीय जिम्मेवारीमा जान नपाएकोमा केहि मन अमिलो गरेका दानीले गएको २०७९ साल वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत अदानचुली गाउँपालिकाको अध्यक्ष पदका लागि आकांक्षा व्यक्त गरेका थिए । एमाले अदानचुली गाउँ कमिटिले संभावित सात जना उम्मेरदवारमा नाम सिफारिस भएका दानी अन्तमा जिल्ला कमिटिबाट हटाइएका थिए ।

पार्टी काममा लागेको समय देखि जिल्ला विकास समितिको सदस्य बाहेक अन्य लाभका पदमा नगएका दानी एमालेको कार्यक्रम भन्दै हातमा लौरो टेकेर तन्नेरीलाई जोश जाँगर दिदैं लाग्ने गरेको राष्ट्रिय दलित आयोगका सदस्य मेहले पार्कीले बताए ।

माओवादी जनयुद्धकालमा एक घर एक डब्लु टी अभियानमा भूमिगत भएका दानी जनवादी अदालतका न्यायधिसको जिम्मेवारी समेत सम्हालेका थिए । माओवादी शान्ति प्रक्रियामा आउजे बित्तिकै उनी आप्mनो पुर्ववत पार्टी नेकपा एमालेमा फर्केका थिए ।

पार्टीका तर्फबाट भूमिकायुक्त सांगठनिक जिम्मेवारी र राजकीय जिम्मेवारी नपाएपनि निरन्तर एमालेको सांगठनिक काममा लागेका दानीलाई सबैले हुम्लाको संस्थापक नेताका रुपमा संवोधन गर्थे ।

नेकपा एमालेको चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट पार्टीको केन्द्रीय सल्लाहकार समितिका निर्वाचित हुनु भएका दानी पुर्व जिल्ला विकास समितिको सदस्यमा निर्वाचित हुनु भएको थियो । लामो समय एमाले राजनीतिक गरेका दानीका पाँच छोरा र दुई छोरी छन् । पुराना देउडा खेलाडी समेत रहेका दानीलाई एमालेको संस्थापक नेताका रुपमा चिन्ने गरिन्छ ।

प्रकाशित मिति : २०७९ आश्विन ११ गते, मंगलवार


Scroll to Top

Janata Media