काठमाडौँ । बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। केन्द्रका अध्यक्ष बाबुराम फुयालको सभापतित्वमा र बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडाध्यक्ष नवराज लामा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बाल सचेतना केन्द्र नेपालले २० जना जेष्ठ नागरिकलाई सम्मान, ५ जना बालबालिकालाई सहयोग तथा सम्मान र १ जना अपाङ्गलाई सहयोग तथा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा वडाध्यक्ष भट्राई लगायत अन्य विशिष्ट अतिथिहरुले आआफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा बुढानिलकण्ठ नगरपालकाका नगरप्रमुख मिठाराम अधिकारीले बालबालिका र वृद्धवृद्धालाई सम्मान र माया गर्ने मानिस मात्रै मानिस हुन सक्ने बताएका थिए ।
कार्यक्रममा संस्थाका तर्फबाट अध्यक्ष बाबुराम फुयाल, कोषाध्यक्ष शर्मिला उप्रेती, महासचिव बुद्धिमान लिम्बुले आ-आफ्ना प्रस्ताव पेस वार्षिक प्रगति र कार्ययोजना प्रस्तुत गरेका थिए ।













