एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन काठमाडौँमा हुने

जनता संवाददाता
२०८० माघ २७ गते, शनिबार

काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन काठमाडौँमा हुने भएको छ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा काठमाडौँको सामाखुसीस्थित स्काई पार्टी प्यालेसमा कार्यक्रम हुने भएको हो ।

दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ भन्ने मूल नाराका साथ दोस्रो अधिवेशन गर्न लागिएको हो ।

उक्त अधिवेशनले नयाँ कमिटी चयन गर्नेछ । कार्यक्रम शनिबार बिहान 8 बजेदेखि सुरु हुनेछ।

प्रकाशित मिति : २०८० माघ २७ गते, शनिबार


Scroll to Top

Janata Media