काठमाडौँ । साफ अण्डर – १७ महिला क्याम्पियनसिपका लागि हुम्लाकी भूपिका शाही छनोट भएकी छन् । भुटानमा हुन लागेको सो प्रतियोगिताका शाही राष्ट्रिय खेलाडीको रुपमा छनोट भएकी हुन् ।
हुम्लाकी शाही साफ अण्डर –१७ महिला क्याम्पियनसिपका लागि राष्ट्रिय खेलाडीका रुपमा छनौट भएको अखिल नेपाल फुटबल संघले (एन्फा) जनाएको छ । एन्फाले सार्वजनिक गरेको राष्ट्रिय महिला खेलाडीको ३५ सदस्यीय टोलीमा शाहीको नाम पनि छनोटमा परेको छ ।
छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा भाग लिनका लागि साउन ८ गते अनिवार्य रुपमा सक्कल नाबालक परिचयपत्र र पासपोर्ट सहित मकवानपुरको रेगल हेटौँडा रिसोर्टमा बोलाईएको छ । उनी कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको चङ्खेली गाउँपालिका– २ को दार्म (गर्खा) गाउँकी स्थायी बासिन्दा हुन् । शाही चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीकी छोरी समेत हुन् ।
भुटानमा हुने सो प्रतियोगिताका लागि हुम्ला जिल्लाबाट फुटबलमा दोस्रो राष्ट्रिय खेलाडीका रुपमा शाही छनोट भएकी हुन् ।







