एमालेका सुहाङको ३ हजार बढी मत अग्रता, चौथोमा रास्वपाका मिलन

जनता संवाददाता
२०८१ बैशाख १७ गते, सोमबार

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी छ। नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन्।

मत गणनाको सुरुआतको केही घन्टा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा पछि परेका नेम्वाङ अहिले लगातार अघि लागेका छन्।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ मा खसेको मत गणना गर्दा नेम्वाङले १० हजार ३ मत पाएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ६९४४ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिह थेगिमले ५५९१ र रास्वपाका मिलन लिम्बूले १४४३ मत पाएका छन्।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ रास्वपाका उम्‍मेदवार लिम्बूको घर भएको वडा हो। आफ्नै वडामा उनले अपेक्षित मत ल्याएनन्। यो वडामा उनले जम्मा ९६ मत मात्रै पाएका छन्।

यहाँ एमालेका नेम्वाङले ५८६ मत पाउँदा कांग्रेसका खड्काले ३५१, स्वतन्त्र उम्मेदवार थेगिमले ३१७ मत ल्याएका छन्। इलाम २ मा अहिलेसम्म सदर मत २४७३८ छ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते, सोमबार


Scroll to Top

Janata Media